२०.१९ अंकको वृद्धिसँगै १ अर्ब माथिको कारोबार गरेर साताको सुरुवात गरेको शेयर बजार अन्तिम दिन घटेर बन्द भयो । साताभरमा नेपाल स्टक एक्सचेन्जमा ३ अर्ब ८८ करोड ८४ लाख ९६ हजार ३ सय रुपैँया बराबरको शेयर कारोबार भयो । करोबार रकम अघिल्लो साताको भन्दा ४४ करोड ३४ लाख बढी हो ।
नेप्से परिसूचक भने गत साताको तुलनामा सामान्य घटेको छ । गत साताको अन्तिम दिन १३५७.१४ अंकमा पुगेर बन्द भएको परिसूचक यस साताको अन्तिम दिन १३५५.४८ अंकमा ओर्लिएको छ । साताको शेयर बजार वीमा समूहले ओरालेको छ । साताको आइतबार सामान्य बढेको वीमा समूह सोमबारदेखि साताको अन्तिम दिनसम्ममा नै ओरालो लागेको छ ।
साताभर धेरै कारोबार गर्ने कम्पनिहरुको अग्रस्थानमा नेपाल इन्स्योरेन्स कम्पनि रहेको छ । त्यस्तै, नेपाल बैँकको पनि धेरै कारोबार भएको छ । साताभर कमाउनेमा सानाका कम्पनिहरु अगाडि रहेका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् भने कालिञ्चोक डेभलपमेन्ट बैँकका लगानीकर्ताले धेरै गुमाएका छन् ।