Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेशनल माइक्रोफाइनान्सको नाफा १७२ प्रतिशतले बढ्यो

२०७३ माघ १७ गते

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड ७७ लाख रुपैयाँ खुद मु्नाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ७२ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेशनल माइक्रोफाइनान्सले एक करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी भएको नेशनल माइक्रोफाइनान्सले निक्षेपमा दुई सय १४ प्रतिशतले वृद्धि गरी १७ करोड ६४ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट संस्थाले कर्जामा एक अर्ब १२ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ८८ दशमलव ५७ प्रतिशतले बढेर छ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय ८० दशमलव ९५ प्रतिशतले बढेर पाँच करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

जोखिमयुक्त सम्पत्ति १७ दशमलव ९६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ६९ प्रतिशत रहेको माइक्रोफाइनान्सले जगेडाकोषमा आठ करोड ५९ लाख रुपैयाँ राखेको छ । संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ७५ दशमलव ५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ८५ दशमलव ९३ रुपैयाँ र तरलता अनुपात ६० दशमलव ७३ प्रतिशत रहेको छ ।