Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुडविल फाइनान्सले कमायो झन्डै तीन करोड मुनाफा

२०७३ माघ १३ गते

गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ९० प्रतिशतले बढेको हो ।  गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्ुडविलले दुई करोड ३८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

४५ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले निक्षेपमा १५ प्रतिशत वृद्धि गरी तीन अर्ब ८६ करोड ४८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा तीन अर्ब २७ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ६९ दशमलव ०७ प्रतिशतले बढेर आठ करोड ५० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ लाख ३३ हजार रुपैयाँले घटेको छ । 

निष्कृय कर्जा एक दशमलव ९९ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १२ दशमलव २३ प्रतिशत रहेको फाइनान्सले प्रोभिजनमा ३ करोड ६७ लख रुपैयाँ राखेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक १३ दशमलव ११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार तीन सय ६५ रुपैयाँ ९८ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २७ रुपैयाँ ८९ पैसा र तरलता अनुपात ५३.४१ प्रतिशत रहेको छ ।