पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८७ दशमलव पाँच प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा पोखराले दुई करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले निक्षेपमा पाँच दशमलव ७० प्रतिशतले वृद्धि गरी तीन अर्ब २५ करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा तीन अर्ब दुईकरोड रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ५८ दशमलव ६२ प्रतिशतले बढेर नौ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८७ दशमलव पाँच प्रतिशतले बढेर सात करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
जोखिमयुक्त सम्पति २० दशमलव ९५ प्रतिशत र निष्कृय कर्जा एक दशमलव ५२ प्रतिशत रहेको फाइनान्सले जगेडाकोषमा १७ करोड ६२ लाख रुपैयाँ छुटाएको छ । पोखरा फाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव ३४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १४ दशलमव ०८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३१ दशमलव ६२ रुपैयाँ र तरलता अनुपात २३ दशमल २९ प्रतिशत रहेको छ ।