गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गरिमाले आठ करोड ९९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब आठ करोड पाँच लाख रुपैयाँ चुक्ता पुँजी भएका बैंकले निक्षेपमा ८४ दशमलव ४१ प्रतिशतले वृद्धि गरी १३ अर्ब ३७ करोड ९ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ११ अर्ब ७० करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७७ दशमलव ७२ प्रतिशतले बढेर ३४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ७७ दशमलव ३० प्रतिशतले बढेर २५ करोड तीन लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १६ दशमलव ८० प्रतिशत रहेको बैंकले जगेडा कोषमा ६१ करोड ८८ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा तीन करोड ७५ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २९ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १३ दशमलव १४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५७ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ८८ प्रतिशत रहेको छ ।


