Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुम रेमिटले युनियन र सगरमाथा फाइनान्ससँग गर्यो यस्तो सम्झौता

२०७३ माघ १० गते

बुम रेमिट्यान्स प्रालिले युनियन फाइनास लिमिटेड र सगरमाथा फाइनान्स लिमिटेडसँग रेमिट्यान्स सम्झौता गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम युनियन फाइनास र सगरमाथा फाइनान्सका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको हो । जसअनुसार, सोमबारदेखि बुट रेमिटमार्फत पठाइएको रेमिट्यान्स युनियन फाइनान्स र सगरमाथा फाइनान्सका जुनसुकै शाखाले भुक्तान गर्नेछन् । 

बुम रेमीटको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु रहेका छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै हङकङ, मलेसिया, कोरीया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । कम्पनीका प्रबन्ध निर्देशक पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘गको सहकार्यमा विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ । बुम रेमिटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा बैंकिङ साक्षरता कार्यक्रम गर्दै आएको छ । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बुम रेमिटका प्रबन्ध निर्देशक पन्तको भनाइ छ ।