Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अल्पाइन र पूर्णिमा : कसको प्रगती कस्तो ?

२०७३ माघ ९ गते

अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड र पूर्णिमा विकास बैंकले आइतबार चालू आर्थिक वर्षको दोस्रो त्रैमासको प्रगती विवरण सार्वजनि गरेका छन् । सार्वजनिक प्रतिवेदन अनुसार, दुबै बैंकले राम्रो प्रगती हासिल गरेका छन् । 

अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड
अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा एक सय २२ दशमलव ०३ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा अल्पाइनल एक करोड ४४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको खुद व्याज आम्दानी ६५ दशमलव २६ प्रतिशतले बढेर छ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा दुई सय ६१ दशमलव २५ प्रतिशतले बढेर पाँच करोड चार लाख रुपैयाँ पुगेको छ । बैंकले निक्षेपमा ४८ दशमलव ५२ प्रतिशतले वृद्धि गरी एक अर्ब ८५ करोड २८ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६४.४७ प्रतिशतले बढाएर एक अर्ब ६७ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । 

निष्कृय कर्जा एक दशमलव ६८ प्रतिशत र जोखिम युक्त सम्पत्ति १९ दशमलव ३३ प्रतिशत रहेको बैंकले जगेडामा सात करोड ४७ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा ४३ लाख रुपैयाँ राखेको छ । पुस मसान्तसम्ममा अल्पाइन डेभलपमेन्ट बैंकको प्रतिसेयर वार्षिक आम्दानी २४ दशमलव ७३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ३३ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २८ दशमलव ७५ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ३६ प्रतिशत रहेको छ ।

पूर्णिमा विकास बैंक
पूर्णिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले खुद मुनाफामा गत वर्षको तुलनामा ७३.३४ प्रतिशतले वृद्धि हासिल गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा पूर्णिमाले दुई करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

३५ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको संचालन मुनाफामा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ७४ दशमलव ८४ प्रतिशत बढेर सात करोड २८ लाख रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी ६२ दशमलव १० प्रतिशत बढेर आठ करोड ७४ लाख रुपैयाँ पुगेको छ । बैंकले निक्षेपमा २२ दशमलव ९३ प्रतिशत वृद्धि गरी दुई अर्ब ४३ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ४७ दशमलव १३ प्रतिशत बढाएर दुई अर्ब चार करोड रुपैयाँ लगानी गरेको छ । 

बैंकले बैंकको प्रतिसेयर आम्दानी वार्षिक २६ दशमलव ४७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ४७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २७ दशमलव ०१ रुपैयाँ र तरलता अनुपात ३५ दशमलव ९९ प्रतिशत रहेको छ ।