Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईसीएफसी फाइनान्सको नाफा १६८ प्रतिशतले बढ्यो

२०७३ माघ ९ गते

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आइसीएफसी फाइनान्स लिमिटेडले उल्लेख्य प्रगती गरेको छ । कम्पनीले यो अवधिमा ११ करोड १६ लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको तुलनामा एक सय ६८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा आईसीएफसीले चार करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

आईसीएफसीले राष्ट्र बैंकले ताकेको न्युनतम चुक्तापुँजी पुर्याइसकेको छ । हाल यो फाइनान्सको चुक्तापुँजी ८० करोड १७ लाख रुपैयाँ रहेको छ । फाइनान्सले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि राम्रो प्रगती हासिल गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सको खुद व्याज आम्दानी ६३ दशमलव ६५ प्रतिशतले बढेर १६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा १६ दशमलव ०९ प्रतिशतले बढेर ६ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, फाइनान्सले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १६.७३ प्रतिशत बढी निक्षेप संकलन गरेको छ । जसअनुसार, कम्पनीको निक्षेप संकलन पाँच अर्ब ८४ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी चार अर्ब ९६ करोड २१ लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा फाइनान्सले सात करोड २७ लाख रुपैयाा खराबकर्जा उठाएको छ । जोखिमयुक्त सम्पत्ति १४.८१ प्रतिशत रहेको फाइनान्सले निष्कृय कर्जा १.२३ प्रतिशतले घटाएर १.४८ प्रतिशत कायम गरेको छ । फाइनान्सले २७ करोड २४ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ  भने प्रोभिजनमा पाँच करोड ११ लाख रुपैयाँ राखेका छ । 

पुस मसान्तसम्ममा आईसीएफसी फाइनान्सको प्रतिसेयर आम्दानी २२ दशमलव ४४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव २७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४२ दशमलव ३७ रुपैयाँ र तरलता अनुपात ३४ प्रतिशत रहेको छ ।