सगरमाथा फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३.६१ प्रतिशतले बढी नाफा कमाएको हो । गत अािर्थक वर्षका दोस्रो त्रैमासको सगरमाथाले तीन करोड पाँच लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
३६ करोड ९२ लाख रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको चतुलनामा ३६ दशमलव ६६ प्रतिशतले बढेर ८ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा दुई दशमलव ७० प्रतिशतले बढेर तीन करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १२ दशमलव ३२ प्रतिशत बढी अर्थात् तीन अर्ब २१ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अवधिमा कर्जातफ १४ दशमलव २१ प्रतिशत बढाएर कम्पनीले दुई अर्ब ७८ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।
निष्कृय कर्जा दुई दशमलव ६५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १८ दशमलव ७९ प्रतिशत रहेको फाइनान्सले जगेडाकोषमा २६ करोड ८९ लाख रुपैयाँ राखेको छ । त्यस्तै, प्रोभिजनमा कम्पनीले तीन करोड २३ लाख रुपैयाँ राखेको जनाएको छ ।
पुस मसान्तसम्ममा सगरमाथा फाइनान्सको प्रतिसेयर वार्षिक आम्दानी ३० दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको आम्दानी ८ दशमलव २२ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ७२ दशमलव ८३ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ०९ प्रतिशत रहेको छ ।




