धरानको पाँचकन्यामा शाखा विस्तार गरेको निर्धन उत्थान बैंक लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । धरान उपमहानगरपालिका अन्तर्गत वडा नं १९ गैरेटोलमा गठन भएको गैरेटोल महिला स्वावलम्बी समुहकी सदस्य कमला अवोलको निधन भएपछि निज सदस्यले पाउने बीमा रकम बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । मृतकको छोरा पुर्ण अवोललार्ई बीमा वापतको रकम एक लाख ३८ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले विपन्न, जनजाति र दलित परिवारका लछित वर्गलाई समेटी समुह गठन गरी ऋण प्रभाव मार्फत कार्यक्रम विस्तार गर्दै महिला दिदी बहिनीहरुको जिवनस्तरमा परिवर्तन ल्याएको निर्धन उत्थान बैंकका शाखा प्रमुख राज कुमार उपाध्यायको भनाई छ ।


