Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

मिसेस ब्यूटीफुल नेपालकी विजेता रिता तामाङलाई ‘बेस्ट मेहेन्दी डिजाइन’ अवार्ड

२०८३ आश्विन ९ गते

बैंकिङ खबर  / मिसेस ब्यूटीफुल नेपाल २०२६ की विजेता रिता तामाङलाई अर्को सफलता, ‘बेस्ट मेहेन्दी डिजाइन’ अवार्डकाठमाडौं । मिसेस ब्यूटीफुल नेपाल २०२६ की विजेता रिता तामाङले आफ्नो सफलताको यात्रामा अर्को नयाँ उपलब्धि थपेकी छन्। नेपाल ब्यूटी मेकअप एन्ड कस्मेटिक अवार्डअन्तर्गत आयोजित कार्यक्रममा तामाङले ‘बेस्ट मेहेन्दी डिजाइन’ अवार्ड हात पारेकी हुन्।

जमलस्थित राष्ट्रिय नाचघरमा हालै आयोजित उक्त अवार्ड कार्यक्रममा सौन्दर्य, मेकअप तथा कस्मेटिक क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा प्रतिभाहरूलाई सम्मान गरिएको थियो। सोही कार्यक्रममा रिता तामाङलाई उत्कृष्ट मेहेन्दी डिजाइनतर्फको अवार्ड प्रदान गरिएको हो।

मिसेस ब्यूटीफुल नेपाल २०२६ को विजेता बनेपछि निरन्तर विभिन्न सम्मान तथा अवार्ड थप्दै आएकी तामाङका लागि यो उपलब्धिले उनको सौन्दर्य तथा सिर्जनात्मक क्षेत्रमा रहेको प्रतिभालाई थप उजागर गरेको छ।

सौन्दर्यकर्मीका रूपमा समेत सक्रिय तामाङले विभिन्न क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्दै आएकी छन्। नयाँ अवार्ड प्राप्त गरेपछि उनले आगामी दिनमा पनि आफ्नो सीप, सिर्जनशीलता र अनुभवलाई थप निखार्दै अघि बढ्ने बताएकी छन्।

मिसेस ब्यूटीफुल नेपालको ताजसँगै लगातार नयाँ उपलब्धि हासिल गरिरहेकी रिता तामाङको यो सफलतालाई उनको व्यावसायिक तथा सौन्दर्य क्षेत्रको यात्रामा थप एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।