Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्यो तीन अर्बको ट्रेजरी बिल

२०७३ माघ ३ गते

नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकले सोमबार ९१ दिने अवधिको ट्रेजरी बिल जारी गरेको हो । उक्त ट्रेजरी बिल आगामी बैशाख ५ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले गत सोमबार पनि ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । उक्त ट्रेजरी बिलमा तीन अर्ब तीन करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी चैत २९ गते परिपक्व हुनेछ ।