बैंकिङ खबर / सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको भदौ १ गते बसेको ३९७औँ बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसालाई आधार मानेर लाभांश वितरण गर्न लागेको जनाएको छ । प्रस्तावअनुसार सेयरधनीले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश पाउनेछन् ।
बोनस सेयरका लागि बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको रकम छुट्याएको छ । यस्तै, नगद लाभांशतर्फ २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ ।
बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांश वितरण गर्दा लाग्ने करसमेत समेटिएको छ । यसअनुसार बोनस र नगद गरी कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा लाभांश वितरण हुनेछ ।
प्रस्तावित लाभांश तथा बैंकको वित्तीय विवरणलाई अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत सञ्चालक समितिले गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको वार्षिक साधारणसभाले प्रस्ताव अनुमोदन गर्नुपर्नेछ ।
साधारणसभाबाट पारित भएपछि बैंकले तोकिएको मितिमा कायम रहेका योग्य सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गर्नेछ ।


