२०७३ पुष २९ गते

नेपाल एग्रो माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न, कृषि आधुनिकरणमा जोड दिइने

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तिय संस्थाको प्रथम बार्षिक साधारण सभा शुक्रवार होटल वाराही, पोखरा,कास्कीमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यको अध्यक्षता मा सम्पन्न साधारणसभाले जारी गर्ने शेयर तथा चुक्ता पुजी बढाउने र ५ जना संचालकको चयन गरेकोछ । नेपाल एग्रो माइक्रोफाइनान्सका अध्यक्ष रमेश कुमार कर्माचार्यले प्रचलित कानूनको अधिनमा रही ग्राहक सदस्यको चाहना र आवश्यकता अनुसारको कर्जा वचत तथा अन्य सेवालाई दीर्घकाल सम्म प्रदान गरी सहयोगी तथा आफन्त संस्थाको रुपमा रहने, राज्यले प्राथमिकतामा राखेको कृषि क्षेत्रको विकास गर्न कर्जाको साथै विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, मुनाफाभन्दा सेवालाई प्राथमिकतामा राखीकार्य गर्ने, संस्थागत सुशासनलाई बोलीमा मात्रनभै व्यवहार र दैनिक कार्यमा लागु गर्ने बताउनुभयो । 

नेपाल एग्रो माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हालसम्म कास्कीकोे विन्द्यावासिनी र गगनगौडा, रोल्पाको खङ््ग्री, प्युठानको विजुवार, सल्यानको कपुरकोट, श्रीनगर र थारमारे, पर्वतको कुश्मा, पाल्पाको रामपुर र वर्तुङ, तनहुँको खैरेनीटार गरी ११ शाखा स्थापना गरेको बताउनुभयो । यस अवधिमा २ हजार ९ सय ग्राहक सदस्यबाट ७२ लाखभन्दा बढि वचत संकलन गरेको र ८ करोडभन्दा बढि कर्जा लगानीमा रहेको कार्यकारी अधिकृत लम्सालले बताउनु भयो । नेपालएग्रो माइक्रोफाइनान्सले कर्जा प्रवाह गर्नु पहिला कृषकहरुलाई “बाँझो जमीन घटाएर खेतिपाती बढाउने, पाडाबाच्छा जोगाएर दुधको मात्राबढाउने, पाठापाठी बढाएर मासुको मात्रा बढाउने, उन्नत नश्ल जोगाएर आयआर्जन बढाउने, कृषिमा यान्त्रिकरण गराएर किसानलाई सुखी राख्ने, गोवरग्याँस बनाएर वातावरण सफा राख्ने, घरेलु उद्योग बनाएर व्यवसाय बढाउने, आफ्नो उत्पादनआफैले बजारसम्म खन्याउने कार्य गर्नेछौ” भनीप्रतिवद्घता गराएको कार्यकारी अधिकृत लम्सालले बताउनुभयो ।

साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गरी तत्काल जारी गर्ने शेयर पुँजी रु.४ करोड र चुक्तापुँजी रु.२ करोड ८० लाख पु¥याउने र बढिमा ४ वर्षको लागि सञ्चालकहरुको चयन गरेको छ । सभाले रमेश कुमार कर्माचार्य, निलकण्ठ शर्मा लम्साल, विनिताकोइराला पिएचडी, विवेक श्रेष्ठ सिए र सरिताअधिकारीलाई बढिमा ४ वर्षको लागि सञ्चालकमा चयन गरेको जनाइएको छ । लेखा विभाग प्रमुख सुदर्शन उप्रेतीबाट सञ्चालित कार्यक्रममा बरिष्ठ प्रबन्धक कुलचन्द्र पराजुलीले स्वागत मन्तव्य दिनुभएको थियो ।