Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलास बिकास बैंकको अध्यक्षमा राजेन्द्र गिरी निर्वाचित

२०७३ पुष २९ गते

कैलास विकास बैंकको अध्यक्षमा राजेन्द्र गिरी निर्वाचित भएका छन् । बैंकको शुक्रबार बसेको साधारणसभा बैंठकले गिरीलाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको हो । उक्त साधारण सभाले संस्थापक समूहबाट राजेन्द्र गिरी, सुनिल नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्तामणी पाण्डे, उद्धब राज पुरी र कबिराज पौडेललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

साधारणसभाले २५ प्रतिशत बोनस शेयर पारित समेत गरेको छ । सभाले लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पूँजी १ अर्ब ५८ करोड ३ लाख रुपैयाँ रहेकोले उक्त नयाँ बोनस शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ । बैंकले २० प्रतिशत हकप्रद निश्काषनको तयारी समेत थालेको छ । २० प्रतिशत हकप्रद निश्काषन पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब उनन्तीस करोड १५ लाख पुग्नेछ ।