Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

प्रतिष्ठित उद्योगी राजेन्द्र खेतान एनआरएनएको आईसीसी सल्लाहकार नियुक्त

२०८३ श्रावण २१ गते

बैंकिङ खबर /  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिष्ठित उद्योगी राजेन्द्र खेतानलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को सल्लाहकार पदमा नियुक्त गरेको छ। एनआरएनएले अनुभवी उद्योगी तथा व्यवसायिक नेतृत्वलाई समेट्दै संस्थागत सुदृढीकरण र विश्वव्यापी नेपाली समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। संघको विधान २००३ (२०२६ को संशोधनसहित) को उपदफा १७ (९) तथा १३–१४ जुन २०२६ मा सम्पन्न आईसीसीको ११५ औँ बैठकको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। यस नियुक्तिसँगै खेतानले संघको अन्तर्राष्ट्रिय समन्वय तथा रणनीतिक परामर्शमा योगदान दिने अपेक्षा गरिएको छ।