Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनस्वास्थ्यमा नयाँ पहल, सीपीआर तालिम विस्तार गर्न मारुती सिमेन्टको सहयोग

२०८३ श्रावण ७ गते

बैंकिङ खबर/ पछिल्ला वर्षहरूमा अस्वस्थ जीवनशैली, बढ्दो मानसिक तनाव तथा हृदयसम्बन्धी आकस्मिक समस्याका घटना विशेषगरी युवापुस्तामाझ बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै मारुती सिमेन्ट्स लिमिटेडले जनस्वास्थ्यमा केन्द्रित सामाजिक उत्तरदायित्व कार्यक्रमलाई अघि बढाएको छ। कम्पनीले देशभर सीपीआर  तालिम विस्तार गर्ने उद्देश्यसहित जयन्ती मेमोरियल ट्रस्टलाई आवश्यक प्रशिक्षण सामग्री  गरेको जनाएको छ। कम्पनीका अनुसार हृदयाघात वा श्वासप्रश्वास अचानक बन्द हुने जस्ता आपत्कालीन अवस्थाहरूमा समयमै सही प्राथमिक उपचार उपलब्ध गराउन सक्ने जनशक्ति तयार गर्नु अहिलेको आवश्यकता बनिसकेको छ। यही आवश्यकतालाई महसुस गर्दै समुदायस्तरसम्म जीवनरक्षक सीप पुर्‍याउने लक्ष्यका साथ ट्रस्टसँग सहकार्य गरिएको हो। कम्पनीले उपलब्ध गराएको यही सामग्रीको प्रयोग गर्दै जयन्ती मेमोरियल ट्रस्टले देशका विभिन्न जिल्ला, विद्यालय, कलेज, कार्यालय तथा समुदायमा चरणबद्ध रूपमा सीपीआर तालिम सञ्चालन गर्ने योजना बनाएको छ।

कार्यक्रममा मारुती सिमेन्ट्स लिमिटेड तथा जयन्ती मेमोरियल ट्रस्टका पदाधिकारी तथा सञ्चालकहरूको उपस्थितिमा प्रशिक्षण सामग्री औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। दुवै संस्थाले यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आकस्मिक स्वास्थ्य संकटका बेला सर्वसाधारणले समयमै प्राथमिक उपचार प्रदान गर्न सक्ने क्षमता विकास हुने विश्वास व्यक्त गरेका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार कुनै व्यक्तिलाई अचानक हृदयाघात ९ऋबचमष्बअ ब्चचभकत० हुँदा एम्बुलेन्स वा स्वास्थ्यकर्मी आइपुग्नुअघि सही तरिकाले दिइने सीपीआरले बिरामीको ज्यान बचाउने सम्भावना उल्लेखनीय रूपमा बढाउन सक्छ। तर नेपालमा अझै पनि धेरै नागरिक सीपीआरको आधारभूत सीपबाट अनभिज्ञ रहेकाले यस्ता जनचेतनामूलक तथा व्यावहारिक तालिम कार्यक्रमको आवश्यकता बढ्दो छ। मारुती सिमेन्ट्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजमा प्रत्यक्ष प्रभाव पार्ने स्वास्थ्य, शिक्षा र जनचेतनामूलक अभियानमा केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले आगामी दिनमा पनि सामाजिक हितका यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ।

यता, जयन्ती मेमोरियल ट्रस्टले प्राप्त प्रशिक्षण सामग्रीको प्रभावकारी उपयोग गर्दै देशभर समुदायमा जीवनरक्षक सीप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। ट्रस्टका अनुसार सीपीआर तालिमलाई व्यापक बनाउँदै आकस्मिक स्वास्थ्य संकटका बेला नागरिक स्वयंले प्राथमिक उपचार गर्न सक्ने वातावरण सिर्जना गर्नु नै अभियानको मुख्य उद्देश्य हो।यस सहकार्यले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनलाई एकैसाथ जोड्ने प्रयासका रूपमा उदाहरण प्रस्तुत गरेको सरोकारवालाहरूको विश्वास छ। विशेषगरी समुदायमा जीवनरक्षक ज्ञान र सीप विस्तार गर्न यस्ता साझेदारीले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।