Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

केन्द्रीय बैंकद्धारा नौ महिनाको आर्थिक रिपोर्ट सार्वजनिक : (पूर्णपाठसहित)

admin २०८३ बैशाख २८ गते
सेयर:

बैंकिङ खबर / केन्द्रीय बैंकले चालु आर्थिक बर्षको नौ महिनाको आर्थिक रिपोर्ट सार्वजनिक गरेको छ । जस अनुसार रेमिट्यान्स आप्रवाहमा ३९।१ प्रतिशतले वृद्धि उल्लेखनीय वृद्धि भएको छ। समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको थियो। २०८२ चैत महिनामा मात्र रेमिटेन्स २ सय ९ अर्ब ७५ करोड पुगेको । यो अघिल्लो वर्षको तुलनामा १ सय ३९ अर्ब बढी हो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा कमी भएपनि रेमिट्यान्स भने बढेको छ । यस अवधिमा २ लाख ९४ हजार १८६ जनाले नयाँ श्रम स्वीकृति र २ लाख ९३ हजार २५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता महँगी दर भने ४.४७ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही महिनामा महँगी दर ३.३९ प्रतिशत थियो। यसैगरी खाद्य तथा पेय पदार्थ समूहको महँगी दर ४.०१ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको ४.७२ प्रतिशत रहेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको छ ।

यस्तै चालु आर्थिक वर्षको नौ महिनामा देशको वैदेशिक व्यापार घाटा पनि बढेको छ भने निर्यात पनि बढेको छ । यस अवधिमा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भई २२२ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको थियो। यसैगरी आयात १३.८ प्रतिशतले वृद्धि भई १४९० अर्ब ५० करोड पुगेको छ।

आर्थिक अबस्था यस्तो छ

CMEFs_Nep_Nine-Months_2025.26
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।