
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति बनाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन दाहाल सदस्य रहनेगरी सिफारिस समिति गठन गरिएको हो । बैठकपछि भनिएको छ धितोपत्र बोर्डको अध्यक्षबाट सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त रहेको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने । मन्त्रीपरिषदको सोही बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज अचार्यलाई तथा सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।



