
बैंकिङ खबर / रिलायन्स फाईनान्स लिमिटेडले डिजिटल ऋण प्रदान गर्ने भएको छ। फाईनान्सले ईसेवा संगको सहकार्यमा ईसेवाका ग्राहकलाई ईसेवा मोबाइल एप मार्फत डिजिटल ऋण सेवा उपलब्ध सम्बन्धमा सम्झौतामा हस्ताक्षर गरेको छ।
फाईनान्सको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको सम्झौता अनुसार ईसेवाका ग्राहकहरुले आफ्नो व्यवसाय बृद्धि गर्न रिलायन्स फाईनान्सले बिनाधितो २ लाख रुपैयाँसम्म डिजिटल कर्जा सहज रुपमा छिटो छरितो र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन।
सम्झौता पत्रमा रिलायन्स फाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. बुुद्घि मल्ल र ईसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जगदिश खड्काले हस्ताक्षर गर्नुु भएको थियो। हस्ताक्षरपछि दुबै पक्षद्धारा यो सहकार्यले ग्राहकहरूले बिना कागजी प्रक्रिया, छिटो र सहज पहुँच सहितको डिजिटल ऋण सेवा प्राप्त गर्नुका साथै यसले यसले नेपालको डिजिटल अर्थतन्त्रलाई समेत थप टेवा पुर्याउनेमा बिश्वास ब्यक्त गर्नुभएको थियो।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि बिभिन्न संस्थाहरुसंग हातेमालो गर्दै ग्राहकहरुलाई नवीनत् सेवा प्रदान गर्दै आईरहेको छ।



