सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो ।
पुस ११ गतेदेखि निष्काशन गरिएको उक्त हकप्रदका लागि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । सेयरधनीले एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।
हाल सगरमाथा फाइनान्सको चुक्तापुँजी ३६ करोड ९२ लाख रुपैया रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।


