Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘अरुको पैसा लिएर ऋण तिर्न सकिएन भने, त्यो पैसाको दुरुपयोग हो’

admin २०८२ चैत्र २ गते
सेयर:

डा. विश्वनाथ पौडेल गभर्नर

सम्पूर्ण भाइबहिनीहरूलाई स्वागत गर्न चाहन्छु हाम्रो राष्ट्र बैंकको तर्फबाट तपाईहरुले पैसाको बारेमा बुझ्नुपर्दछ। पैसा भनेको के हो भन्ने कुरामा तपाईहरुले यही उमेरबाट बुझ्नुपर्दछ । अस्ति तराईमा पनि तपाईहरु जस्तै विद्यार्थीलाई बोलाएर हामीले जाली नोटको बारेमा जानकारी गराएका थियौं। पैसा भनेको के हो, पैसा कसरी म्यानेज गर्ने, कसरी खर्च गर्ने भन्ने कुरा सबैले बुझ्नुपर्दछ। आफ्नो जीवनमा पनि र आफ्नो अभिभावकको जीवनमा पनि पैसाको महत्व धेरै छ । हामी पैसा जहाँबाट ल्याउँछौं तर खर्च त्यहाँ गर्दैनौं । काम गरेको ठाउँबाट पैसा लिन्छौँ भने सामान अर्को ठाउँबाट लिन्छौं र खर्च अर्को ठाउँमा गछौं ।  त्यो पैसा हामीले कहाँ खर्च गर्नुपर्छ, तपाईँलाई चाहिने चियापति, चिनी, दूध कहाँबाट ल्याउनुहुन्छ, पक्कै पनि काम गरेको ठउँबाट ल्याउनु हँदैन । पहिला पहिलाको अवस्था अलि फरक थियो। सामान विनिमय हुन्थ्यो। अहिले सामानबाट सामान विनिमय हुँदैन पैसाबाट सामानको विनिमय हुन्छ । पैसा भनेको भ्यालु स्टोर गर्ने चिज हो। पहिला पहिला ऋण लिएर ऋण तिर्न नसक्दा या कैयौँ मानिस ऋण सदुपयोग गर्न नजान्दा वर्षभरि कसैको घरमा काम गर्नुपर्ने अवस्था थियो। अरुको पैसा लिएर ऋण तिर्न सकिएन भने पैसाको दुरुपयोग हुन्छ । यो मेहनत गरेर कमाएको चिज हो। यसकारण यसलाई सदुपयोग गर्न जान्नुपर्छ। पैसा केलाई मान्ने भन्ने कुरा अब फरक भइरहेको छ। अब कुनै दिन भर्चुअलका माध्यमबाट पैसा पठाउने दिन आउन सक्छ। पैसाहरु कसरी चलाउने भन्ने कुरा महत्वपूर्ण ज्ञान हो। तपाईं जुनसुकै पेशामा जानुस् यो कुरा जिन्दगी भरि आवश्यक छ । डक्टर बन्नुस्, इन्जिनियर बन्नुस्,  इलेक्ट्रिसियन बन्नुस्, बैंकर बन्नुस् जुनसुकै प्रोफेसनमा जानुस् पैसाको बुझाइ र सोचाई स्पष्ट हुन जरुरी छ।  धन्यवाद।

ग्लोवल मनि वीकको अबसरमा केन्द्रीय बैंकद्धारा आयोजित एक कार्यक्रममा गभर्नर पौडलद्धारा व्यक्त बीचार । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।