
बैंकिङ खबर / केन्द्रीय बैंकमा डेपुटी गभर्नरको लागि दौडधुप सुरु भएको छ । राष्ट्र बैंकले दुई डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकबाट चार जनाको नाम सिफिारीस गर्नुपर्छ । राष्ट्र बैंकमा सिनियर कर्मचारी अर्थात बरियताका आधारमा नरेश शाक्य र रेवति नेपाल सबैभन्दा बरिष्ठ कार्यकारी निर्देशक हुन् । डेपुटी गभर्नर बन्नका लागि उनीहरुले भन्दा बढी अरुले सक्रियता अपनाएका छन् । केन्द्रीय बैंकमा अधिकाँस कार्यकारी निर्देशकहरु एमाले, माओवादी र काँग्रेस निकटका छन् । उनीहरुले डेपुटी गभर्नर बन्नका लागि हरेक किसिमका तडकबाजी गर्न सुरु गरेका छन् ।
नेपाल राष्ट्र बैंकमा हालसम्म कार्यरत डेपुटी गभर्नर डा। निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको म्याद सकिएको छ। २०२१ मार्चमा नियुक्त भएका तिम्सिना र मिश्रको म्याद २०२६ मार्च ०८ मा समाप्त भएकाले अब नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा बैंकिङ क्षेत्रले आगामी नियुक्तिलाई विशेष चासोका साथ हेरेको छ। यसमा केन्द्रीय बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले अर्थमन्त्रीसँग सम्वाद गरेको र अर्थमन्त्री रामेश्वर खनालले केही समय धैर्य गर्न भनेको बताइएको छ । राष्ट्र बैंकले दुई डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकबाट चार जनाको नाम सिफिारीस गर्नुपर्छ । राष्ट्र बैंकमा सिनियर कर्मचारी अर्थात बरियताका आधारमा नरेश शाक्य र रेवति नेपाल सबैभन्दा बरिष्ठ कार्यकारी निर्देशक हुन् । डेपुटी गभर्नर बन्नका लागि उनीहरुले भन्दा बढी अरुले सक्रियता अपनाएका छन् । केन्द्रीय बैंकमा अधिकाँस कार्यकारी निर्देशकहरु एमाले, माओवादी र काँग्रेस निकटका छन् । उनीहरुले डेपुटी गभर्नर बन्नका लागि हरेक किसिमका तडकबाजी गर्न सुरु गरेका छन् ।
डेपुटी गभर्नर पद केन्द्रीय बैंकमा मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षण, साथै विभिन्न विभागहरूको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीपूर्ण पदका रूपमा मानिन्छ। डेपुटी गभर्नर पदको लागि सरकारले योग्य तथा सक्षम व्यक्तिको खोजी गर्दै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने अपेक्षा गरेको छ।
केन्द्रीय बैंकको व्यवस्थापन भनेको वास्तवमा देशको आर्थिक स्थिरता, मौद्रिक नीति, र वित्तीय प्रणालीलाई सन्तुलित राख्ने महत्वपूर्ण भूमिका हो। राजनीतिक विश्वासमा आधारित नियुक्तिले प्रायः संस्थाको स्वायत्तता र निर्णय प्रक्रियामा राजनीतिक प्रभाव ल्याउन सक्छ, जसले दीर्घकालीन स्थिरता र विश्वासमा असर गर्न सक्छ। जबकि, विज्ञताको आधारमा नियुक्ति गर्दा पेशागत क्षमता, नीतिगत समझ, र बैंको दीर्घकालीन रणनीतिमा बढी ध्यान जान्छ, जसले प्रणालीलाई अझ बलियो बनाउँछ। वरिष्ठताको आधारले अनुभव र नीतिगत समझ सुनिश्चित हुन्छ, जसले संस्थाको दीर्घकालीन स्थिरता र प्रभावकारिता बढाउँछ। तर, यदि नियुक्ति पूर्णतः राजनीतिक पृष्ठभूमिमा आधारित हुन्छ, भने त्यसले संस्थाको स्वतन्त्रता र जनविश्वासलाई कम्जोर बनाउन सक्छ।
जसले दुवै पक्षको डेपुटी गभर्नरहरूले केन्द्रीय बैंकको दिनचर्यामा स्थिरता ल्याउँछन्, विशेष गरी नीतिहरूको कार्यान्वयनमा। उनीहरू वित्तीय प्रणालीलाई नियमन, जोखिम व्यवस्थापन, र बजार स्थिरता सुनिश्चित गर्न सहयोग गर्छन्। साथै, उनीहरू गभर्नरलाई व्यावहारिक रूपमा सपोर्ट गर्छन्, जसले गर्दा बैंकको दीर्घकालीन रणनीति, वित्तीय स्थिरता, र सार्वजनिक विश्वासमा बलियो योगदान पुग्छ। नेपालको केन्द्रीय बैंकका मुख्य चुनौतीहरूमा राजनीतिक दबाब, संस्थाको स्वायत्ततामा आघात, वित्तीय स्थिरता कायम राख्न कठिनता, र बाह्य आर्थिक जोखिमहरू जस्ता कुरा पर्दछन्। साथै, डिजिटल बैंकिङ्गको विकास, वित्तीय समावेशीकरण, र नियामक रूपरेखालाई आधुनिक बनाउने चुनौतीहरू पनि महत्वपूर्ण छन्। केन्द्रीय बैंकले पहिलो, राजनीतिक हस्तक्षेपबाट स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ, स्पष्ट र पारदर्शी नीतिहरू अवलम्बन गर्नुपर्छ, र अनुभवी विज्ञहरूलाई निर्णय प्रक्रियामा समावेश गर्नुपर्छ। साथै, डेटा(आधारित निर्णय, जोखिम व्यवस्थापन प्रणाली, र वित्तीय समावेशीकरणका लागि दीर्घकालीन रणनीति अपनाउनुपर्छ, जसले बैंकको स्थिरता र सार्वजनिक विश्वास दुबै बलियो बनाउँछ।




