Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
ट्रेन्डिङ

केन्द्रीय बैंकले फेरि ३० अर्ब निक्षेप तान्ने भएको छ

२०८२ फाल्गुन १० गते

बैंकिङ खबर / नेपाल  राष्ट्र बैंकले विभिन्न बैंकवित्तबाट फेरि ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । ८७ दिनको लागि केन्द्रीय बैंकले ३० अर्ब निक्षेप संकलन गर्ने भएको हो । केन्द्रीय बैंकले हरेक आइतबार र बुधबार रकमान्तरण गर्दै आएको छ । अहिले बजारमा लगानीयोग्य रकम बढेको छ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते हुने केन्द्रीय बैंकले बताएको छ । निक्षेप संकलन बोलकबोल अनुसारको ब्याजदरमा हुने छ । यसका लागी बैंक तथा वित्तीय संस्था घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् ।