२०८२ फाल्गुन ५ गते

निर्वाचन तयारी अन्तिम चरणमा, गण्डकीमा व्यापक कर्मचारी परिचालन

बैंकिङ खबर / यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजार ३७६ कर्मचारी परिचालन गरिने भएको छ। प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा प्रति केन्द्र ६ जनाका दरले कर्मचारी खटाइने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी रहनेछन्। आवश्यक तालिमपछि कर्मचारीहरूलाई सम्बन्धित केन्द्रमा पठाइने छ।

प्रदेशमा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन्। गण्डकीमा कुल १८ लाख ७० हजार ६५ मतदाता छन्, जसमध्ये कास्कीमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम मतदाता रहेका छन्।