प्रियराज रेग्मीको अध्यक्षतामा स्टक ब्रोकर्स एशोसियसन अफ नेपालको कार्यसमिति चयन भएको छ । एशोसियसनको २२ औँ वार्षिक साधारणसभाले शनिवार सर्वसम्मत रुपमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा भरत रानाभाट, महासचिवमा सन्तोष मैनाली, सचिवमा टङ्कप्रसाद गौतम, कोषाध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजकुमार तिमल्सिना, विनोद ढकाल, रमणदेव पन्त, सन्तोष पौडेल र संजिला अर्याल रहेका छन् ।
साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को अध्यक्षको प्रतिवेदन र सङ्घको वासलातसहितको आयव्यय बिवरण सर्वसम्मतले पारित गरेको छ । साधारणसभामा पूँजीबजारको विकासका लागि आवश्यक नीतिगत तथा व्यवहारिक विभिन्न पक्षहरुमा छलफल गरिएको थियो ।


