२०८२ माघ १० गते

माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो १ अर्ब १ करोड

बैंकिङ खबर / माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा १ अर्बभन्दा बढी खुद नाफा कमाएको देखिएको छ । बैंकले ६ महिनामा १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । जुन अघिल्लो बर्षको सोही अवधि भन्दा २५.२५ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी गत आवको माघ मसान्तको २ अर्ब ८२ करोड ३७ लाख रुपैयाँबाट बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ कायम भएको उल्लेख छ । बैंकले सार्बजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणमा उल्लेख भएअनुसार बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.८२ प्रतिशत, कुल पुँजीकोष अनुपात १२.१६ प्रतिशत, सीडी रेसियो ७७.९९ प्रतिशत, कर्जाको बेसरेट ५.४८ प्रतिशत र ब्याजदर स्प्रेड ३.८३ प्रतिशत रहेको छ । ६ महिनामा बैंकले गरेको १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफामध्ये विभिन्न कोष र दायित्वका लागि छुट्याउँदा ४४ करोड १२ लाख रुपैयाँ सेयरधनीलाई वितरण गर्नसक्ने जनाइएको छ ।