२०८२ माघ ६ गते

पर्सा जिल्ला अदालतको मुद्धामा पनि बैंक ग्यारेन्टी बुझाएर छुटे रवि लामिछाने !

बैंकिङ खबर / सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा पर्सा जिल्ला अदालतबाट रास्वपाका सभापति रवि लामिछाने प्रभु बैंकको बैक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको थियो । पर्सा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । पर्सा हाजिर भएका लामिछाने अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।