
बैंकिङ खबर / अमेरीकाले आफ्नो देशमा व्यवसायिक वा पर्यटकीय भिसा लगाएर जानु पर्ने भएमा जनवरी २१ देखि सबै नेपाली नागरिकले अधिकतम १५,००० अमेरिकी डलरसम्म धरौटी रकम तिर्नुपर्ने आधिकारीक घोषणा गरेको छ । अमेरिकी राजदुतावासले सार्बजनिक गरेको सूचना मार्फत सो कुरा उल्लेख गरिएको छ । यो नियम जनवरी २१ अर्थात माघ ७ अघि जारी गरिएका भिसामा लागु हुने छैन । अमेरिकाले यस्तो धरौटी रकमका बारे सचेत हुन पनि आग्रह गरेको छ । अन्तर्वार्ता अघि गरिएको कुनै पनि भुक्तानी फिर्ता नहुने भन्दै भिसाका सर्तहरू पालना नगरिएमा धरौटी रकम पनि फिर्ता नहुने उल्लेख गरेको छ । धरौती रकम भिसा स्वीकृत भएपछि मात्रै राख्न पनि अमेरिकाले अनुरोध गरेको छ । उसले अन्तरबार्ता अघि कुनै व्यक्तिको प्रलोभनमा लागेर रकम जम्मा नगर्न भनेको छ । अमेरिका पठाउने बहानामा विभिन्न क्षेत्रबाट ठगी भइरहेको उल्लेख गर्दै अग्रिम भुक्तानीले भिसा सुनिश्चित गर्दैन, र तेस्रो पक्षका वेबसाइटहरूबाट ठगी हुन सक्छन् भनेर सूचनामा उल्लेख गरेको छ ।
