बैंकिङ खबर/ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धि गर्न एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको तेस्रो साधारणसभाबाट आवश्यक प्रक्रिया अघि बढाउन अनुमति मिळेपछि हकप्रद जारी गर्ने तयारी पक्का भएको हो। हाल ७५ करोड चुक्ता पूँजी रहेको कम्पनीको पूँजी हकप्रदपछि करिब डेढ अर्ब पुग्नेछ। सभाले २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्दै २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। साथै, सर्वसाधारण सेयरधनीतर्फबाट नवराज सुक्का सञ्चालकमा निर्विरोध चयन भएका छन् र सभाले प्रस्तावित लाभांश पनि स्वीकृत गरेको छ।