बैंकिङ खबर / नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीलाई भरतपुर, चितवनस्थित मौलाकालिका अस्पताल प्रा.लि.ले आफ्ना सबै सेवामा २० प्रतिशत छुट उपलब्ध गराउने भएको छ। यो सम्बन्धी सम्झौतापत्रमा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका हुन्।
सम्झौता कार्यान्वयनसँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीहरूले अस्पतालका सेवा लिँदा छुट सुविधा पाउनेछन्। छुट प्राप्त गर्न कोषको परिचयपत्र वा सहभागी कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ।