२०८२ मंसिर २८ गते

सन्सार ओगटेको अमेरिकी डलर, अनि विश्व बजार हाल्लाउने त्यो केन्द्रीय बैंक !

बैंकिङ खबर / अमेरीकी डलरको इतिहास धेरै रोचक छ। अमेरिकी डलरको इतिहास १७९२ मा सुरु भयो, जब अमेरिकी कांग्रेसले डलरलाई अमेरिकाको आधिकारिक मुद्रा बनायो त्यसपछि, डलरको मूल्य चाँदीको मूल्यमा आधारित थियो।

डलरको प्रारम्भिक वर्षहरू

१७९२ मा, अमेरिकी कांग्रेसले डलरलाई अमेरिकाको आधिकारिक मुद्रा बनायो। डलरको मूल्य चाँदीको मूल्यमा आधारित थियो। १८०० मा, अमेरिकी सरकारले पहिलो पटक कागज नोट जारी गर्यो। अमेरिकी गृहयुद्धको समयमा, अमेरिकी सरकारले डलरको मूल्य घटायो। १८६२ मा, अमेरिकी सरकारले पहिलो पटक ग्रीनबैक नोट जारी गर्यो। १८६३ मा, अमेरिकी सरकारले डलरको मूल्य सोने र चाँदीको मूल्यमा आधारित बनायो।

डलरको आधुनिक युग

१९७१ मा, अमेरिकी सरकारले डलरको मूल्य सुनकमो मूल्यमा आधारित बनाउन बन्द गर्यो। डलरको मूल्य विदेशी मुद्रा बाजारमा निर्धारित गर्न थालीयो । आज, डलर विश्वको सबैभन्दा व्यापक रूपमा प्रयोग हुने मुद्रा हो। अमेरिकी डलरको मूल्य विगत १० वर्षमा नेपालमा लगभग ४१ रुपैयाँले बढेको छ। २०२४ को जनवरी १ मा १ अमेरिकी डलरको खरिद मूल्य १३२.८४ रुपैयाँ थियो, जुन डिसेम्बर ३१ मा १३७.१६ रुपैयाँ पुगेको थियो ।

अमेरिकी बैंक र डलरको उतारचढाव

अमेरिकी क्रान्तिको सुरुवातमा तथा सोभन्दा पहिले अमेरिकामा इंगलिस, स्पेनिस र फ्रेन्च करेन्सी प्रयोग हुने गथ्र्यो । सन् १६९० ताका मासाचुसेट्सको बे कोलोनीले पहिलो पटक कागजी मुद्रा छपायो । उक्त मुद्रा सन् १७७५ को क्रान्तिकारी युद्धमा वित्तीय सहयोग गर्नका लागि कन्टिनेन्टल कंग्रेसले प्रयोग गर्यो । द्धन्द्धको अन्त्यसँगै उक्त मूद्राको अवमूल्यन भयो । 

सन् १७८१ मा कन्टिनेन्टल कंग्रेसले फिलाडेल्फियामा बैंक अफ नर्थ अमेरिकाको स्थापना गर्यो । उक्त बैंक अमेरिकाको पहिलो औपचारिक बैंक थियो, जसको स्थापनाको एकमात्र उद्देश्य थियो, क्रान्तिकारी द्धन्द्धका लागि वित्तीय सहयोग जुटाउनु । यो बैंक पनि द्धन्द्ध समाप्त भएपछि टिक्न सकेन ।

१७८५ मा कन्टिनेन्टल कंग्रेसले डलरलाई राष्ट्रिय मुद्राको रुपमा प्रचलनमा ल्यायो । त्यो समयमा विभिन्न निजी बैंकहरुले थुप्रै किसिमका मुद्राहरु छाप्ने गरेका थिए । सन् १७८९ मा संविधान बनेसँगै पुनः बैंकको आवश्यकता महशूस गरियो र कन्टिनेन्टल कंग्रेसले संयुक्त राज्यकै पहिलो बैंक स्थापना गर्यो । उक्त बैंकलाई नोट छपाईको अधिकार प्रदान गरियो, जसले मुद्रा छपाईँको विषयमा भएको अन्यौलता हटायो र व्यापार तथा कारोबारमा सहजता ल्यायो । सोही बैंकले संयुक्त राज्य कोषको वित्तीय एजेन्टको रुपमा र मुलुकको केन्द्रीय बैंकको रुपमा काम गर्न थाल्यो ।

यूएस मिन्टको सुरुवात
सन् १७९२मा संघीय मौद्रिक प्रणालीको स्थापना भयो जसले पिस्लाडेल्फियामा यूएस मिन्टको सुरुवात गर्यो । सन् १८१६ मा अमेरिकाको दोस्रो बैंकको स्थापना भयो । १८३६ सम्ममा थुप्रै निजी बैंकहरुले ३० हजारभन्दा बढी प्रकारका कागजी नोट छपाए । यसले विनिमयमा अन्यौलता ल्यायो भने कारोबारमा समस्या सृजना गर्यो । सन् १८६१ को सिभिल वारमा डिमाण्ड नोटको रुपमा कागजी मुद्रा छपाउने अधिकार कंग्रेसले केन्द्रीय बैंकको रुपमा काम गरिरहेको बैंकलाई दियो । सन् १८६२ मा उत्तस् डिमाण्ड नोटलाई युनाइटेड स्टेट्स नोटले विस्थापित गर्यो । 

त्यसपछि, संयुक्त राज्य कोषको सेक्रेटरीलाई निजी बैंकहरुले छपाएको मुद्रालाई बन्द गर्न कंग्रेसले सघायो । ती नोटहरुलाई बन्द गर्ने व्यवस्था मिलाउन ६ वटा ट्रेजरी डिपार्टमेन्टका कर्मचारीहरुको श्रम खर्च भएको थियो । सन् १८६३ मा अमेरिकी मुद्राको डिजाइन तयार गरियो । सन् १८६५मा ट्रेजरी डिपार्टमेन्टले सुनको मुद्राको सट्टामा गोल्ड सर्टिफिकेट जारी गर्यो, जुन १९३३ सम्म चल्यो । ट्रेजरी डिपार्टमेन्टले विरोधलाई नियन्त्रण गर्न युनाइटेड स्टेट्स सिक्रेट सर्भिसको स्थापना गर्यो । सो समयमा, चल्तीमा एकतिहाई मुद्राको विरोध हुने अनुपान गरिएको थियो ।

राष्ट्रिय बैंक नोटको सुरुवात
सन् १८६६ मा अमेरिकी सरकारको सुरक्षामा जारी गरिएको राष्ट्रिय बैंक नोटले प्रभाव जमायो । यो समयमा बैंक निक्षेपको ७५ प्रतिशत हिस्सा राष्ट्रिय स्तरका बैंकहरुले ओगटेका थिए । यो समयसम्ममा राज्यस्तरका बैंक नोटहरु बन्द भइसकेकाले केही समयका लागि मुद्राको भाउमा स्थीरता देखियो । सन् १८७७ देखि ट्रेजरी डिपार्टमेन्टको इन्ग्रेभिङ एण्ड प्रिन्टिङ ब्युरोले सबै अमेरिकी मुद्रा प्रकाशन गर्न थाल्यो । सन् १८७८ मा ट्रेजरी डिपार्टमेन्टलाई सिल्भर डलर साट्नका लागि सिल्भर सर्टिफिकेट बनाउने जिम्मेवारी सुम्पियो, जुन सन् १९५७ सम्म चल्यो । 

१८९३ र १९०७ मा भएको वित्तीय संकटपछि १९१३ मा डरल रिजर्भ एक्ट पारित भयो । यसले डरल रिजर्भ सिस्टमलाई मुद्रा प्रवाह तथा आर्थिक स्थीरता र वृद्धिका लागि कर्जाको नियमन गर्नका लागि मुलुकको केन्द्रीय बैंकको रुपमा खडा गर्यो । यो सिस्टमलाई डरल रिजर्भ नोट प्रकाशन गर्ने अधिकार पनि दियो । हाल, अमेरिकामा चल्तीमा रहेका मुद्राको ९९ प्रतिशत हिस्सा डरल रिजर्भ नोटले ओगटेको छ भने डरल रिजर्भले मात्रै मुद्रा छपाईको अख्तियारी पाएको छ । 

२० औँ शताब्दीको अन्त्यमा सेक्युरिटी थ्रेडको सुरुवात

२० औँ शताब्दीमा प्रवेश गरेसँगै अमेरिकी मुद्रामा स्थीरता आइसकेको थियो । यद्यपि, मुद्राको डिजाइनहरुमा भने समयसमयमा सामान्य परिवर्तनहरु भए । सन् १९२९ मा मुद्राको आकारलाई २५ प्रतिशत घटाइयो र अगाडी फोटो र पछाडी स्मारक रहने गरी एक निश्चित डिजाइनमा ल्याइयो । सन् १९५७ मा पहिलोपटक कागजी मुद्रा जारी गरियो जसमा इन गड वी ट्रष्ट अर्थात भगवानमाथि हाम्रो भरोसा लेखिएको थियो । १९६३ र त्यसपछिका मुद्राहरुमा पनि सो भनाई राखिएको थियो । नक्कली नोट छपाईलाई बन्द गराउन सन् १९९० मा सेक्युरिटी थ्रेड तथा माइक्रोप्रिन्टिङको सुरुवात गरियो । १९९० देखि ५० र २० डलरका नोटमा यस्तो सेक्युरिटी राखिएको थियो । पछि, १९९३ देखि एक डलरबाहेक सबै दरका नोटमा यस्तो फिचर राख्न थालियो । 

नयाँ दरका नोट छपाउने भन्दै सन् १९९४ मा ट्रेजरी डिपार्टमेन्टले मुद्राको पुनः डिजाइन गर्यो । नयाँ डिजाइनको एक सय डलरको नोट सन् १९९६ मा सुरु भएको थियो भने ५० को १९९७ मा र २० को १९९८ मा सुरु भएको थियो । सन् २००० मा पाँच र १० डलर दरका नोटको पुनः डिजाइन गरियो र नोटहरुलाई थप सुरक्षित बनाइयो । 

यसरी, सन् १८६३ फेब्रुअरी २५ मा तत्कालीन राष्ट्रपति अब्राहम लिंकनद्धारा नेशनल बैंकिङ एक्टमा हस्ताक्षर गरि अमेरिकी इतिहासमा डलर छपाइका लागि मार्ग प्रशस्त गरिएको थियो । सोही मुद्रा आज आएर संसारकै शक्तिशाली मुद्रामध्येको एकका रुपमा चल्तीमा रहेको छ । अमेरिकी डलर आज अमेरिकामा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा नै प्रयोगमा आउने गरेको छ । 

नेपालमा डलरको मूल्य वृद्धि हुनुका कारण

नेपालबाट निर्यात हुने वस्तुहरू अमेरिकी डलरमा कारोबार हुने भएकाले निर्यातकर्ताहरूलाई फाइदा हुन सक्छ। रेमिट्यान्स आप्रवाहमा वृद्धिले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लाभ पुग्न सक्छ किनभने उनीहरूले पठाउने डलरको मूल्य बढ्नेछ। तथापी यस बाहेक खासमा नेपालले धेरै सामान आयात गर्नुपर्ने हुन्छ । ती सबै बस्तु तथा सामानको मूल्य डलरमा हुने गर्दछ । यसलाई आँकडा मान्दा नेपाली मूल्य कम्जोर हुनु पनि हो । किन कि नेपाली रुपैयाँ कम्जोर हुँदै जाँदा सन्सारका अरु देशको रुपैयााँ शक्तिशाली हुँदै गएका छन् । यसै कारण मुद्रास्फीति बढ्दै गएको छ । अमेरिकी डलर महँगो हुँदा उपभोक्ता वस्तुहरूको मूल्य वृद्धि हुने भएकाले महँगीको दर बढ्ने गरेको हो । पछिल्लो समय अमेरीकी डलरको मूल्य नेपालमा १ सय ४४ पुगेको छ । यो बढ्ने क्रम जारी रहेको छ ।