२०८२ पुष २९ गते

नविल बैंकमा भित्रिए निर्वाण चौधरी र अनिल केशरी शाह

बैंकिङ खबर / नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह नियुक्त भएका छन् । बैंकको वार्षिक साधारण सभाले चौधरीलाई अध्यक्ष र शाहलाई सञ्चालकमा नियुक्त गरेको हो। निर्वाण चौधरी खर्बपति विनोद चौधरीका छोरा हुन् । साधारण सभाले संस्थापक शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा शाहलाई निर्विरोध निर्वाचित गरेको हो। शाह पूर्व बैंकर तथा नविल बैंककै सिइओ हुन् । हालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको कार्यकाल सकिएसँगै सञ्चालक समितिको बैठकले निर्वाण चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।