Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नगद सीमा १० लाखबाट ५ लाखमा झारीयो, ५ लाख माथिको भूक्तानी अनिवार्य बैंकमार्फत

२०८२ मंसिर १५ गते

बैंकिङ खबर/ सरकारले नगद कारोबारको सीमा आधा घटाएर १० लाखबाट ५ लाखमा झारेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री तथा अरु कारोबार गर्दा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको हो । यसअघि यस्तो सीमा १० लाख रुपैयाँ थियो । बैंकिङ माध्यमबाट औपचारिक कारोवारलाई बढावा दिन यस्तो निर्णय गरिएको बतायएको छ ।