Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

केन्द्रीय बैंकले एकहजारका नयाँ नोट छपाउने, चिनियाँ कम्पनीलाई २ अर्ब ४२ करोडमा ठेक्का

admin २०८२ मंसिर १२ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई एकहजार रूपैयाँ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको उल्लेख गरेको छ । कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपार्इसँगै आपूर्ति पनि गर्नेछ। राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पोरेशनलाइ केन्द्रीय बैंकले छनौट गरी जिम्मा लगाएको छ । राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर हालको विनिमय दर अनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ भुक्तानी गर्ने गरी उक्त कम्पनीलाई जिम्मा लगाएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।