Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१३.२५ प्रतिशत बोनस सेयर जारी गर्न मेगा बैंकले पायो अनुमति

२०७३ पुष १८ गते
सेयर:

१३.२५ प्रतिशत बोनस सेयर मेगा बैंक नेपाल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको बोनस सेयर राष्ट्र बैंकले सोमबार (पुस १८ गते) स्वीकृत गरेको हो । कर प्रयोजनका लागि बैंकले ०.७० प्रतिशत नगद लाभांश पनि दिने छ । 

केही समय अघि मात्रै २५ प्रतिशत हकप्रद सेयर जारी गरेर मेगाले चुक्तापुँजी चार अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ । उक्त चुक्तापुँजीबाट १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्दा बैंकको चुक्तापुँजी साढे चार अर्ब नाघ्नेछ । त्यसपछि बैंकले ६५ प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पुँजी ७ अर्ब ५७ करोड रुपैयाँको हाराहारीमा पुर्याउनेछ ।