Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एटिएमबाट एक पटकमा अब २० हजार मात्रै झिक्न पाइने

२०८२ आश्विन २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एटिएम (डेबिट कार्ड) मार्फत झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको नयाँ निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ।

राष्ट्र बैंकका अनुसार नयाँ सीमाअनुसार एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा ३ लाख रुपैयाँसम्म मात्रै झिक्न पाइनेछ।

यसअघि भने एक पटकमा २५ हजार, एक दिनमा १ लाख र एक महिनामा ४ लाख रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था रहेको थियो।

राष्ट्र बैंकले यस कदमलाई डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र नगद कारोबारमा नियन्त्रण ल्याउने उद्देश्यका साथ लागू गरिएको जनाएको छ।