Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कञ्चन डेभलपमेन्ट बैंकले निष्काशन गर्यो नौ लाख ९० हजार कित्ता हकप्रद सेयर

२०७३ पुष १८ गते

कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।  

पुष १८ गतेदेखि खुला भएको हकप्रद सेयरमा माघ २३ गतेसम्म आवेदन दिन पाइनेछ । मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुले उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय र ग्लोबल आइएमई बैंकका विभिन्न सात शाखाबाट आवेदन दिन सक्नेछन् ।

हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्तापुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर समेत दिँदैछ । जसपश्चात् बैंकको चुक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यो पुँजीबाट पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि बैंकको गत पुस ९ गते सम्पन्न साधारणसभाले पारित गरिसकेको छ । सो हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४५ करोड रुपैयाँ पुग्नेछ ।