Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीको साधारण सभामा कडाइः भोजभतेर, भत्ता र यातायात खर्च दिन नपाइने

२०८२ भाद्र १८ गते

बैंकिङ खबर/ राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि साधारण सभा संचालनमा ८ बुँदे निर्देशन जारी गरेको छ।

निर्देशन अनुसार, साधारण सभामा गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई उद्घाटन सत्र, आसन ग्रहण वा अतिथिका मन्तव्य जस्ता औपचारिक कार्यक्रममा व्यस्त नगरी सिधै एजेन्डा छलफलमा प्रवेश गराउनुपर्ने छ। प्राधिकरणले फजुल खर्च जस्तै अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, भोजभतेर वा उपहारमा खर्च नगर्न निर्देशन दिएको छ।

सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन वा सुपरीवेक्षणसँग सम्बन्धित गैर सदस्य कर्मचारी वा पदाधिकारी साधारण सभामा सहभागी हुन नपाउने, आवश्यक परेमा मात्र न्यूनतम संख्यामा परामर्श वा सदस्य शिक्षा प्रदान गर्न आमन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ।

निर्देशनअनुसार नयाँ कार्यसमिति निर्वाचित गर्न निर्वाचन उपसमिति र जनशक्तिलाई उपस्थित गराएर निर्वाचन सम्पन्न गर्नुपर्ने र सदस्यहरूको पहुँच हुने स्थानमा सभा आयोजना गर्नुपर्ने उल्लेख छ। साधारण सभा सम्पन्न भएको एक महिनाभित्र विद्युतीय प्रणालीमार्फत संक्षिप्त प्रतिवेदन प्राधिकरणमा पेश गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ।