Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

२०८२ भाद्र ८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार आव २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो ।

शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडलेबचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको थियो। आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको थियो।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ । २०८२ असार महिनाको विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ ।

उक्त सञ्चिति १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई रु.५४ खर्ब ९८ अर्ब पुगेको छ ।