२०८२ भाद्र ६ गते

अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह भएको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटोशोको कार्यक्रममा सो जानकारी गराएका हुन् । बैंक तथा वित्तिय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनले बताए । उनले हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि अटोमोवाईल्स क्षेत्रलाई राष्ट्र बैंकले प्राथमिकतामा राखेको पुष्टी हुने बताए । पौडेलका अनुसार २०७० साल यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह भइरहेको छ ।