
बैंकिङ खबर/निलम्बनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको रिट सोमबार हेर्न नभ्याइनेमा परेको छ।
न्यायाधीशद्वय अब्दुल अजिज मुशलमान र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको सो रिटमाथिको सुनुवाइ आज तय गरिएको थियो। तर समय अभावका कारण सुनुवाइ हुन नसकेर अर्को मितिमा सारिएको सर्वोच्च अदालतले जनाएको छ।
ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्न र निलम्बन फुकुवा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाइएको छ। साथै छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवनप्रकाश सिटौला तथा कपिलदेव ओलीलाई समेत विपक्षी बनाइएको छ।


