Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ब्याजदर न्यून भएकाले लगानीको उपयुक्त समय होः डा. ढुंगाना

२०८२ श्रावण ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले हालको न्यून ब्याजदरलाई लगानीका लागि अनुकूल समयको रूपमा व्याख्या गरेकी छन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा बोल्दै उनले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताइन् ।

उनले भनिन्,’अहिले हाम्रो अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । ब्याजदर पनि न्यून छ, त्यसैले यो समय लगानीका लागि उपयुक्त हो ।’ डा.ढुंगानाले बजेटले दिएको प्राथमिकताको आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएको उल्लेख गर्दै त्यसको प्रभावकारी सदुपयोग गर्न सरोकारवालालाई सुझाव दिइन् ।

उनका अनुसार राष्ट्र बैंकले ल्याएका केही नीति अल्पकालीन हुने भए पनि दिगो बैंकिङ प्रणाली निर्माणतर्फ पनि बैंक सोचिरहेको छ । उनले हालका नीतिबाट अधिकतम लाभ उठाउनुपर्ने आवश्यकता औंल्याइन् ।