एसियाली सेयर ओरालो झरेको छ । धेरैजसो एसियाली बजार बन्द रहेको अवस्थामा सानो आकारको कारोबारका कारण सेयर बजार प्रभावित बनेको हो । सांघाई कम्पोजिट सूचकांक १.१ प्रतिशतले ओरालो लागेर ३०७५.११ कायम भएको छ । टोकियोको निकी –२२५ ले ०.१ प्रतिशत गुमाएर १९४१०.४३ मा सीमित भएको छ । सोलको कोश्पीमा भने ०.१ प्रतिशतको वृद्धि भई २०३७ कायम भएको छ । अन्य मूलुकहरु हङकङ, अस्ट्रेलिया, सिंगापुर, इन्डोनेसिया र मलेसियाको सेयर बजार सार्वजनिक बिदाका कारण कारोबार हुन पाएन ।
त्सयै गरी रक्षा सामग्री उत्पादन गर्ने लकहिड मार्टिनको सेयर पनि ओरालो लागेको छ । मुद्रातर्फ डलरको तुलनामा ऐन घटेको छ । ऐनको भ्यालु घटेर हाल ११७.११ येनमा ओर्लेको छ । अमेरिकी डलरसँग येनको विनिमय दर शुक्रबार ११७.३२ थियो । यसैगरी डलरसँगको विनिमयमा युरो पनि अधिमूल्यन भएको छ । यो मुद्रा अघिल्लो दिनको १.०४५३ बाट १.०४५८ कायम भएको छ ।



