Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

२०८२ असार २९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज आइतबार ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ।

यसका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गर्दै दिउँसो ३ बजेका लागि बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

बोलकबोल प्रणालीको प्रमुख विशेषताः

अवधि: ४ दिनको लागि

भुक्तानी मिति: सावाँ तथा ब्याज साउन १ गते

न्यूनतम बोल रकम: १० करोड रुपैयाँ

अधिकतम: ५ करोड रुपैयाँको गुणात्मक भागमा बाँडिने गरी कुल ५० अर्बसम्म

ब्याजदर: प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा निर्धारण

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रक्रियामा सहभागी हुन सक्नेछन्। बहु ब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

बजारमा बढ्दो तरलता नियन्त्रण गर्दै मूल्य स्थिरता र मौद्रिक सन्तुलन कायम राख्ने उद्देश्यले यस्तो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ।