
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कुल अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घटेर १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ।
विशेषगरी, वाणिज्य बैंकहरूबीच मात्र यस अवधिमा १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने अन्य वित्तीय संस्थाहरूबीच (वाणिज्य बैंक बाहेक) १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले आपसमा ३७ खर्ब १ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए भने अन्य वित्तीय संस्थाहरूबीचको कारोबार ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ थियो।



