Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२२ सहकारीबाट ६१ हजारभन्दा बढी बचतकर्तालाई ३ अर्ब ७१ करोड फिर्ता

२०८२ असार २२ गते

बैंकिङ खबर/ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म २२ वटा सहकारी संस्था मार्फत ६१ हजारभन्दा बढी बचतकर्तालाई ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता वा मिलान गरिसकेको जनाएको छ।

आइतबार पत्रकार सम्मेलन गरी समितिले स्थापनाकालदेखि असार १५ गतेसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। यद्यपि, यो रकम कुल मागदाबीको करिब १० प्रतिशत मात्र हो।

अझै ३४ अर्ब ७१ करोडभन्दा बढी फिर्ता गर्न बाँकी

समितिका अनुसार हालसम्म ६१ हजार ९४ जनाको मागदाबी दर्ता भएको छ। कुल मागदाबी रकम ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ रहेकोमा हालसम्म ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ मात्र फिर्ता वा मिलान गरिएको हो।

आर्थिक वर्ष अनुसार फिर्ता विवरण

-२०७९/८० मा: १२,९९९ बचतकर्तालाई ८३ करोड ६५ लाख रुपैयाँ फिर्ता

-चालु वर्षको साढे ११ महिनामा: ३,६८९ जनालाई २ अर्ब ५८ करोड १८ लाख रुपैयाँ फिर्ता वा मिलान

-५६,१०६ जनाले आंशिकरूपमा २९ करोड ८२ लाख रुपैयाँ फिर्ता वा हिसाब मिलान

समितिका अनुसार सहकारी क्षेत्रको सुधार, पीडितको रकम फिर्ता तथा दीर्घकालीन संरचना निर्माणका लागि विभिन्न प्रक्रिया र पहल अगाडि बढाइएको छ। तर, अझै ३४ अर्बभन्दा बढी फिर्ता गर्न बाँकी रहेकाले पीडितको पीडा कम गर्न थप प्रभावकारी रणनीति आवश्यक देखिएको छ।