
बैंकिङ खबर/ सरकारले समस्याग्रस्त घोषणा गरेका १९ वटा सहकारी संस्थाको कर्जा असुली प्रक्रिया तीव्र गतिमा अघि बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी असार मसान्तभित्र दायित्व चुक्ता गर्न अन्तिम समयसीमा तोकेको छ।
सूचनामा भनिएको छ, “सहकारी ऐन, २०७४ को दफा १० अनुसार समस्याग्रस्त घोषित संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यो अन्तिम सूचना हो। तोकिएको म्यादभित्र ऋण नतिरे साउन १ गतेदेखि कानुनी कारबाही अघि बढाइनेछ।”



