Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वास्तविक किसानलाई मात्रै लोन देऊः गभर्नर

२०८२ जेष्ठ २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बैंकहरुले वास्तविक किसानलाई लोन दिन आग्रह गरेका छन् ।
उनले भने, ‘आज देखाएर भोली भाग्नेलाई लोन नदेऊ ।’ यस्तै उनले बैंकहरुलाई होसियार हुन आग्रह समेत गरे ।

उनले भने, ‘तपाईहरुले दिएको लोनको तपाईहरु नै जिम्मेवार हो । तपाईहरुले बुझेर ऋण दिनु भएको छ होला भन्ने लागेको छ ।’

कहिलेकाही राम्रो काम गर्दा गर्दै गल्ती हुने भन्दै उनले सही किसान पहिचान गरेर लोन दिन आग्रह गरे । सडक नजोडिको ठाउँका किसानहरुलाई कसरी ग्रो बनाउने, जग्गाहरुलाई कसरी मनिटाइज गराउने, कसरी त्यसलाई आधार मानेर लोन दिने विषयमा आफुहरुले गम्भीर रुपमा लिएको उनले बताए ।