बैंकिङ खबर/ बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दोस्रो संशोधन ऐन, २०८२ यही २०८२ लागु भएको छ । यो ऐनका बारेमा बैंकिङ, उद्योगी व्यवसायी तथा कानूनी व्यवसायी वर्ग लगायतको चासो तथा सरोकार राखेको पाइन्छ । यस ऐनमा १० वटा दफा संशोधनको प्रस्ताव गरिएको छ ।
यसैबीच बैंकिङ कसुर सजाय ऐन, २०६४ को दोस्रो संसोधन बमोजिम प्रतिवदीलाइ ५ प्रतिशत मात्र जरिवाना हुने व्यवस्था ऐन संशोधन हुनु पहिले अन्तिम भइ बसेका मुद्दामा समेत लागू हुने सम्बन्धमा सर्बोच्च अदालतको पूर्ण इजलाशबाट व्याख्या भएको छ ।


